|

बामथुम्की सामूदायिक वन समूहको साधारणसभा सम्पन्न

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १६ गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित बामथुम्की सिउरेनी सामूदायिक वन उपभोक्ता समूहको २७ औं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न समूहको साधारणसभा पदम लिम्बूको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा भुवानी गुरुङ, सचिव अमर विक, सहसचिव टीकादेवी गुरुङ र कोषाध्यक्षमा जसोदा गुरुङ चयन हुनुभएको छ । सामूदायिक वन उपभोक्ता महासंघ नेपाल १ नम्बर प्रदेश कमिटीका सदस्य योगेन्द्र निरौलाको प्रमुख अतिथ्यता र सामूदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाको विशेष आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts