ताप्लेजुङको बहानन्देमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ११ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ७ बहानन्देमा बालुवा बोकेर आउँदै गरेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ बर्षिय दीपेन्द्र ओख्राबु लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । काबेली खोलाबाट बालुवा बोकेर आउँदै गरेको डेबिट खिम्दिङ कन्ट्रक्सनको नाममा रहेकको ना६त ३००० नम्बरको ट्याक्टरबाट खसेर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनास्थलमा प्रहरी टोली परिचालित भईसकेको र थप बिवरण आउन बाँकी रहेको समेत जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts