बायर्नलाई यूईएफए सुपरकप

अरुलाई पनि शेयर गरौ !

बुडापेस्ट,असोज ९ । बायर्न म्युनिकले सेभियालाई बिहीबार अतिरिक्त समयमा २–१ ले हराएर यूईएफए सुपरकप जितेको छ । प्रशिक्षकमा हान्स फ्लिक आएयता बायर्नले जितेको यो चौथो उपाधि हो । यस्तै कोभिड(१९ महामारीबीच दर्शकसहित भएको यो पहिलो ठूलो युरोपेली खेल पनि रह्यो । सब्स्टिच्युट जाभी मार्टिनेजले १०४औं मिनेटमा युरोपेली च्याम्पियनका लागि निर्णायक गोल गरे । यसअघि युरोपा लिग विजेता सेभियाले १३ औं मिनेटमा लुकास ओकाम्पोसको गोलले अग्रता लिएको थियो । लियोन गोरटेज्काले ३४ औं मिनेटमा बराबरी गोल फर्काए । पूरा खेल अवधिमा बायर्नकै दबदबा देखिएको थियो । बायर्न पछिल्ला ३२ खेलमा अपराजित रहेको छ र उसले यसक्रममा घरेलु लिग तथा कप दुवै जितेको थियो । यस्तै बार्यनले युरोपेली च्याम्पियन्स लिग पनि जितेको थियो । सन् २०१९ को डिसेम्बरमा बायर्न अन्तिम पटक पराजित रहेको थियो । बुडापेस्टको पुस्कास एरेनामा भएको खेलमा १५ हजार दर्शकलाई प्रवेशको अनुमति दिइएको थियो । युरोपेली फुटबलमा दर्शकको पुनरागमनका लागि यो पहिलो प्रयास मानिएको छ

अरुलाई पनि शेयर गरौ !

Similar Posts