युकेमा होम आइसोलेसनमा नबस्नेलाई १५ लाख जरिवाना !

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),असोज ५ । बेलायतको सरकारले नियमपूर्वक होम आइसोलेसनमा नबस्ने नागरिकलाई १० हजार पाउन्डसम्म जरिवाना गर्ने नियम बनाएको छ । यो भनेको नेपाली रुपैयाँ करिब १५ लाख हुन आउँछ । बेलायती सरकारले बनाएको नियमअनुसार कोरोना पोजिटिभ (संक्रमित) भएका तथा संक्रमित व्यक्तिसँग सम्पर्क गरेका व्यक्तिले आफैं घरमा नियमपूर्वक आइसोलेसनमा बस्नुपर्नेछ। यो नियम यही सेप्टेम्बर २८ देखि लागू हुँदै छ । बेलायती सरकारले केही नयाँ कदम पनि चालेको छ । नयाँ नियमअन्तर्गत कम आय भएकालाई एकपटक ५०० पाउण्ड सहायता दिनुपर्ने र आइसोलेसनमा बस्न बिदा नदिने रोजगार दातालाई पनि सजाय हुनेछ । यस्तै कुनै कम्पनीका मालिकले आइसोलेट भएका व्यक्तिविरुद्ध कुनै कदम उठायो भने उसलाई पनि कारबाही हुनेछ । बेलायतमा कोरोना संक्रमण बढ्दै गएकाले त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनले यस्तो कडा नियम बनाएका हुन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts