| |

नेविसंघ ताप्लेजुङद्वारा संविधान दिवसमा दीप प्रज्वलन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ३ ।
नेपाल विद्यार्थी संघ ताप्लेजुङले संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । संविधान दिवस २०७७ को अवसरमा शनिबार साँझ सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचौकमा नेविसंघले दीप प्रज्वलन गरेको हो ।

नेविसंघका पूर्व जिल्ला सभापति तथा नेपाली काँग्रेसका निवर्तमान जिल्ला सचिव गजेन्द्र तुम्याहाङको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको नेविसंघले जनाएको छ । संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको ऐतिहासिक दिनको सम्झाना गर्दै दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको नेविसंघका कार्यबाहक जिल्ला सभापति अर्जुन तिवारीले जानकारी दिनुभयो ।

दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस तरुण विभागका केन्द्रीय सदस्य इन्द्र केदेम, नेविसंघका पूर्व सभापति डम्बर हाङ्गाम लगायतका नेविसंघमा आवद्ध विद्यार्थी तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts