मोपिलियरसँग लियोन पराजित

अरुलाई पनि शेयर गरौ !

पेरिस,भदौ ३१ । फ्रान्सेली लिग वानमा ठूला टिमको हार क्रम कायम रह्यो र मंगलबारको खेलमा लियोन मोपिलियएरको हातबाट २–१ ले पराजित रह्यो । विजयी टिमका लागि दुवै गोल टेजी साभानरले गरेका का थिए । खेलको अन्त्यतिर लियोनका तर्फबाट मेम्फिस डिपेले सान्त्वना गोल फर्काए । अंक तालिकामा तीन खेलबाट सात अंक बटुलेर रेनेस शीर्ष स्थानमा रहेको छ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दुई खेलबाट कुनै अंक बटुल्न सकेको छैन ।
इंग्लिस लिगकपमा बर्नमाउथ विजयी
लन्डन,भदौ ३१ इंग्लिस लिगकपमा बर्नमाउथले नाटकीय टाइब्रेकरमा क्रिस्टल प्यालेसलाई ११–१० ले हराएर प्रतियोगिताको तेस्रो चरण पुगेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा थियो । सुरुमा दुवै टिमका गरेर सबै २० आउटफिल्ड खेलाडीले पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि दुवै टिमका गोलरक्षक चुके । यस्तो डेविड ब्रुक्सले आफ्नो दोस्रो प्रहारमा गोल गरे र यो नै निर्णायक सावित भयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts