लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ ३० । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । एक मन्त्रीले भने, ‘सीसीएमसीको प्रस्ताव अनुसार निर्णय भएको छ । थप विषय मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्दा आउला ।’ सीसीएमसीको बैठक सोमबार नै बसेको थियो । अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान चैत १० बाटै रोकिएको छ । ५ साउनमा मन्त्रिपरिषदले लकडाउन अन्त्य गर्दा भदौ १ बाट अन्तर जिल्ला यातायात र हवाई उडान खुला गर्ने भनिएको थियो । तर कोरोना संक्रमण बढेसँगै सरकारले अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचलाउने निर्णय ग¥यो भने अन्तराष्ट्रिय उडान सशर्त सुरु ग¥यो । पछिल्लो समय भने यातायात व्यवसायी र वायुसेवा प्रदायक कम्पनीहरुले सरकारलाई दबाव दिएका थिए । यातायात व्यवसायी र मजदुर संगठनहरुले सरकारले निर्णय नगरे असोज १ बाट आफैं सवारी चलाउने चेतावनी समेत दिएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts