|

११७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ २९ । पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts