|

अग्नि पीडितलाई सोमवार फुङ्लिङ नगरपालिकाले बाँड्यो साढे नौ लाख बढी क्षतिपूर्ति

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २९ । ताप्लेजुङको फुङ्लिङका अग्नि पीडितलाई सोमवार फुङ्लिङ नगरपालिकाको बिपद् व्यवस्थापन कोषबाट दामासाहीले क्षतिपूर्ति बापतको रकम बितरण गरिएको छ । पाथीभरा दर्शन केवलकार प्रालि,ताप्लेजुङ सरोकार केन्द्र काठमाडौ,मञ्च सम्द्ध संघीय लिम्बूवान राज्य परिषद्को दक्षिण कोरिया जनसम्पर्क समिति र सुनसरी– ताप्लेजुङ सम्पर्क केन्द्र लगायतका दाताहरुबाट संकलन भई नगरपालिकाकाको कोषमा जम्मा भएको रकम क्षतिका आधारमा बितरण गरिएको हो । फुङ्लिङ नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र तामाङ्ले आलगागिबाट भएको क्षतिलाई आधार मानेर क्षतिको आधारमा नगरपालिकाको कोषमा जम्मा भएको रकमलाई दामासाही रुपले बितरण गर्न सुत्र प्रयोग गरी क्षतिपूर्ति रकमको अंक निर्धारण गरिएको जानकारी दिनुभयो ।

राहात बितरण गर्दै प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ, साथमा प्रदेशसभा सांसद बिष्णुमाया तुम्बाहाङ्फे

फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार यो राहात नभई क्षतिपूर्ति बापतको रकम भएकोले अग्नि पीडित परिवारका प्रतिनिधिसंगको सुझावका आधारमा क्षतिका आधारमा रकम बितरण गरिएको जानकारी दिनुभयो । प्याकुरेलले यसो गर्दा बढी क्षति हुनेले कोषको बढी लाभ र कम हुनेले पनि क्षतिकै आधारमा रकम पाउने भएकोले क्षतिपूर्ति बितरण न्यायोचित भएको जानकारी दिनुभयो । नगरपालिकाको बिपद् व्यवस्थापन कोष अन्र्तगत आगलागि पीडितलाई सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई उहाँले आभार व्यक्त गर्नु भएको छ । नगरपालिकाका अनुसार सबैभन्दा बढी क्षति भएका पीडितले २ लाख २० हजार ६९९ रुपैंया र सबैभन्दा कम क्षति हुनेले ७ सय ३६ रुपैंया सम्मको क्षतिपूर्ति पाएका छन् । नगरपालिकाले अग्नि पीडितलाई सोमवार ९ लाख ५७ हजार १५६ रुपैंया क्षतिपूर्ति रकम बितरण गरेको जनाएको छ । प्रदेश सांसदद्धय बलबहादुर साम्सोहाङ र बिष्णुमाया तुम्बाहाङ्फे,जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख प्याकुरेल,उपप्रमुख बमबहादुर भट्टराई(तारा),प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँई,फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्की,जिल्ला प्रहरी प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठ,सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति रवीन्द्र श्रेष्ठ,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख दुर्गा चापागाँई,अग्नि पीडत संघर्ष समितिका अध्यक्ष यिगेन्द्रकुमार सहितको उपस्थितिमा क्षतिपूर्ति रकम बितरण गरिएको छ । २०७७ साल चैत १९ गते फुङ्लिङस्थित ट्याक्सी लाइन क्षेत्रमा भएको आगलागिबाट ७ घर पूर्ण रुपमा ध्वस्त भएका थिए । आगलागिबाट साढे ८ करोड बढीको क्षति भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts