मार्सेसँग हा¥यो पीएसजी, नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी)पेरिस,भदौ २९ । फ्रान्सेली लिग वानमा आइतबार मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको खेलको अन्त्यमा झगडा हुँदा नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड देखाइएको छ । खेलमा भने मार्से १–० ले विजयी रह्यो । त्यसमा फ्लोरिन थउभिनले निर्णायक गोल गरे र पीएसजी सन् १९८४–८५ यता पहिलो पल्ट लिगको सुरुआती दुवै खेलमा पराजित रह्यो । पीएसजी अंक तालिको पुछारबाट तेस्रो स्थानमा छ । झगडाका क्रममा पीएसजीका लियोनार्डो पारेडेस र लेभिन कुरजवा तथा मार्सेका जोर्डन अमाभी र डारियो बेनेडेटोलाई पनि रातो कार्ड देखाइएको थियो ।
भ्यालेन्सिया विजयी
स्पेनी ला लिगामा भ्यालेन्सियाले आइतबार लेभान्टेमाथि ४–२ को जित रचेको छ । यसअघिका खेलमा भिल्लारियल र एसडी हुवेसा तथा रियल भालाडोलिड र रियल सोसिडाडले समान १–१ को बराबरी खेले ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts