|

सरकार अब अन्तराष्ट्रिय उडानको संख्या थप गर्ने निश्कर्षमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २५ । सरकारले अब अन्तराष्ट्रिय उडानको संख्या थप गर्ने भएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री परराष्ट्रमन्त्री,पर्यटनमन्त्री र श्रममन्त्रीका बीचमा बिहीबार भएको छलफल यो निश्कर्षमा पुगेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिनु भएको छ । छलफलबाट प्राप्त निश्कर्ष सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मन्त्री भट्टराईले पीसीआर नेगेटिभ भएका यात्रुमात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एअरलाईन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने जनाउनु भएको छ । नियमति उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि भने मागका आधारमा उडान संख्या थप गरिने छ । ‘उपप्रधानमन्त्री सहितको उच्च स्तरीय परामर्शबाट यस्तो सहमति बनेको हो’उहाँले सामाजिक सञ्जालमार्फत भन्नु भएको छ । उहाँका अनुसार कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गर्ने सहमति समेत बनेको छ । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्वन्धित देशको नियोगसँग समन्वय गरी उडानको व्यवस्था गर्ने भएको छ । सामाजिक सञ्जालमार्फत नै मन्त्री भट्टराईले बिदेशी भूमीमा अप्ठ्यारो स्थितिमा रहेका नागरिकहरुको स्वदेश फिर्तीका लागि सक्दो कोशिस गरिरहेको बताउनु भएको छ ।‘यो कार्यका लागि सरकारले आफ्नो प्रयत्न बढाउँदै लगेको छ’मन्त्री भट्टराईले भन्नु भएको छ,नेपाल सरकार बिदेशी भूमीमा अप्ठ्यारो स्थितिसंग जुधिरहेका आम नागरिकको समस्या प्रति गम्भिर छ र यथाशक्य स्वदेश फिर्ता ल्याउने प्रयत्न गरिरहेको छ’ । उहाँले यो बिषम परिस्थतिमा धैर्यता,संमयता र सम्बेदशिलता अपनाउन समेत सबैलाई आग्रह पनि गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts