|

स्थानीय तहले पाँच शैयाको अस्पताल बनाउनुपर्ने

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ २४ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई तत्काल कम्तीमा पाँच शैयाको अस्पताल बनाउन निर्देशन दिएको छ । अहिलेसम्म ६ सय ४९ स्थानीय तहले पाँच शैयाको अस्पताल नबनाएको मन्त्रालयले जनाएको छ । अस्पताल नभएका स्थानीय तहका लागि सरकारले प्रति शैया दुई लाखका दरले १० लाख रुपैयाँ उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उपचार कोष सञ्चालक समितिको ११औं बैठकले अस्पताल नभएका स्थानीय तहलाई अस्पताल निर्माण गर्न १० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts