|

संक्रमितको संख्या ४६ हजार नाघ्यो, आइतबार ९८० नयाँ संक्रमित थपिए

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौँ, भदौ २१ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९८० सङ्क्रमित थपिएसँगै संक्रमितको संख्या ४६ हजार नाघेको छ । आइतबार थपिएका सङ्क्रमितमध्ये २९० महिला र ६९० जना पुरुष छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल १७ हजार २७ जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ । अब देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १० हजार २८२ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । संस्थागत आइसोलेसनमा नौहजार २०१ र होम आइसोलेसनमा सातहजार ८२६ रहेका छन् ।
प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा एकहजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित कोभिड–१९ बाट मुक्त भएसँगै निको हुने दर ६३ प्रतिशत पुगेको छ । हालसम्म २८ हजार ९४१ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts