|

ताप्लेजुङबाट पेशा व्यवसायका लागि उपत्यका पुगेकाहरुको निःशुल्क कोरोना बीमा हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २० । पर्यटनमन्त्री योगेशकुमार भट्टराईको सहयोगमा न्यून आयस्रोत भएका,असहाय,बिद्यार्थी तथा निम्न वर्गका ताप्लेजुङबाट काठमाडौ गई बसोबास गर्ने नागरिकको ५० हजार बराबरको कोरोना बीमा गरिने भएको छ । ताप्लेजुङबाट पेशा व्यवसायको सिलसिलामा उपत्यका पुगेकाहरु संगठित हुने दुई संस्था क्रमशःताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालको समन्वयमा यस्तो बीमा गरिन लागेको हो । यि संस्थाका आधिकारिक प्रतिनिधिहरुले गरेको सिफारिसका आधारमा बिपन्न वर्गका सदस्यको ५० हजार रुपैंयाको निःशुल्क कोरोना बीमा गरिने छ । शुल्क तिरेर बीमा गराउन चाहनेहरुले पनि यि संस्थाका प्रतिनिधि र पर्यटनमन्त्री भट्टराईको सचिवालयमा सम्पर्क गर्न सक्ने ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिनुभयो । ताप्लेजुङ समाज नेपालका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले विपन्न समुदायका सदस्यको कोरोना बीमाका लागि ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद तथा पर्यटनमन्त्री भट्टराईको सहयोगमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । प्रेश संगठन नेपालको समन्वयमा यसअघि ताप्लेजुङका क्रियाशिल पत्रकारहरुको जनही १ लाख मूल्य बराबरको कोरोना बीमा गर्दा समेत मन्त्री भट्टराईले नै आर्थिक सहयोग गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts