|

प्रदेश सांसद साँवा ३ महिनाका लागि नेकपा जिल्ला कमिटीबाट निलम्वित

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २० । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ताप्लेजुङले सचिवालय सदस्य तथा प्रदेशसभा सांसद होमकुमारी साँवालाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटीबाट निलम्वन गर्ने निर्णय गरेको छ । एक युवतीसंग म्यासेन्जरमा गरिएका च्याटमा उल्लेख भएका शब्दहरु सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट हुने भन्दा अस्वभाविक पाईएकोले साँवालाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटीबाट निलम्वन गर्ने निर्णय भएको नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले जानकारी दिनुभयो । सामाजिक सञ्जालमा बाहिरिएको सो च्याटमा उल्लेखमा भएका शब्द र च्याटमा मुछिएका व्यक्तिहरुका बारेमा छानबिन गर्न नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले दिएको प्रतिबेदन र च्याट प्रकरणमा जोडिएका व्यक्तिहरुसंगको छुट्टाछुट्टै छलफल पछि नेकपा ताप्लेजुङको कार्यालय टिमले कारवाही सहितको निर्णयलाई अनुमोदन गरेको इञ्चार्ज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सचिवालय सदस्य तथा प्रदेशसभा सांसद साँवाले आफुबाट अब उप्रान्त यस्ता कमी कमजोरी नहुने सर्त सहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाउनु भएको छ । संगै उहाँलाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटीबाट भने निलम्वन गरिएको काफ्लेले बताउनुुभयो । साँवा र अर्की एक युवती बीच भएको च्याट सामाजिक सञ्जालमार्फत कसरी बाहिरियो भन्ने बिषयको अनुसन्धान चलिरहेको समेत काफ्लेले जानकारी दिनुभयो । यस्तै नेकपा ताप्लेजुङ जिल्ला कमिटी सदस्य एवम् प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र नेकपा ताप्लेजुङका कार्यालय सदस्य सन्तोष खतिवडाले आत्माआलोचना गरेपछि दुबै माथि पार्टीले कुनै कारवाहीको प्रकृया अघि बढाएन । च्याटमा प्रदेश सांसद साम्सोहाङलाई समेत प्रदेश सांसद साँवा र अर्की एक युवती बीचको बिवादमा मुछिएको थियो । च्याटमा उल्लेख भएका अस्लिल शब्द सामाजिक सञ्जालमार्फत बाहिरिएपछि नेकपा नेकपा ताप्लेजुङले जिल्ला इञ्चार्ज काफ्लेको संयोजकत्वमा प्रदेश कमिटी सदस्य मिङ्माडण्डु शेर्पा र प्रदेश सल्लाहकार परिषद् सदस्य रामप्रसाद सुबेदी सदस्य रहेको छानबिन कार्यदल बनाएको थियो । प्रदेश सांसद साँवा र अर्की युवती बीच भएको च्याट प्रकरण सामाजिक सञ्जालमार्फत कसरी बाहिरियो भन्ने बारेमा प्रहरीमार्फत अनुसन्धानको प्रकृया पनि चलिरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts