भारतका प्रधानमन्त्री मोदीको ट्विटर ह्याक गरी पैसा मागियो

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी)नयाँदिल्ली,भदौ १९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निजी वेबसाइटको ट्विटर अकाउन्ट ह्याक भएको छ । बिबिसी हिन्दीका अनुसार ट्विटर कम्पनीले बिहीबार बिहान मोदीको ट्विटर अकाउन्ट ह्याक भएको पुष्टि गरेको हो । ह्याकरले मोदीको ट्विटर ह्यान्डल ह्याक गरी फलोअर्सहरूलाई राहत कोषका लागि भन्दै क्रिप्टोकरेन्सीमा चन्दा दिन आग्रह गरेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि जुलाईमा धेरै जना शीर्षस्थ व्यक्तिका ट्विटर ह्याक गरिएको थियो । ट्विटरले रोयटर्ससँग मोदीको ट्विटर ह्यान्डल पनि ह्याक गरिएको जानकारी प्राप्त भएको भन्दै यसविरुद्ध आफूले सुरक्षा कदम चालिसकेको बताएको छ । (नागरिक अनलाइनबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts