|

साब्लाखुमा बन्न थाल्यो सव डिभिजन वनको कार्यालय

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखु भञ्ज्याङ्मा सव डिभिजन वन कार्यालयको भवन निर्माण हुने भएको छ । भञ्ज्याङ् सिदिङ्वाको पालिका केन्द्र हो । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले भवन निर्माण कार्यको शिलान्यास गर्नु भएको छ । गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया,उपाध्यक्ष जीवन ताम्लिङ,डिभिजन वन प्रमुख वीरेन्द्र शाह र सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनसहितको उपस्थितिमा मादेनले भवन निर्माण कार्यको शिलान्यास गर्नु भएको हो ।

भवन निर्माण कार्यको शिलानयास गरिदैं । तस्बिर ः उज्यालो पोष्ट

डिभिजन वन प्रमुख शाहका अनुसार २०७८ साल जेठ १६ गते भित्रको भवन निर्माण कार्य पूरा हुने छ । शौचालय र नुहाउने कक्षसहित २ तले ५ कोठे सो भवन निर्माणका लागि दुर्विच निर्माण सेवा प्रालिले ६१ लाख ७८ हजार २९१ रुपैंयामा निर्माण जिम्मेवारी पाएको छ । भवनको कूल लागत इष्टिमेट भने १ करोड १ लाख ५३ हजार ५९४ रुपैंया रहेको थियो । कूल लागत इष्टिमेट भन्दा करिव ४० प्रतिशत कम दररेटमा निर्माण कार्य पूरा गर्नेगरी बोलपत्र लगाएको दुर्विच निर्माण सेवाले जिम्मेवारी पाएको हो । २ तले भवनको पहिलो तलामा ३ र दोस्रो तलामा २ वटा कोठा रहने छन् ।

शिलान्यास कार्यमा उपस्थित प्रमुख अथिति सहितका अथितिहरुतस्बिर ः उज्यालो पोष्ट

क्रमागत योजना अनुसार गत असार २९ गते निर्माणको जिम्मेवारी पाई ३१ गते कार्यदेश पाएको दुर्बिच निर्माण सेवाका प्रोपाईटर इन्द्र दुर्विचले निर्धारित मितिमै निर्माण कार्य सकेर भवन डिभिजन वन कार्यालयलाई जिम्मा लगाउने बताउनुभयो । डिभिजन वन कार्यालयका अनुसार यहिँ रकमबाट निमार्ण कम्पनीले निर्माणाधिन घरको सुरक्षाका लागि ‘रिटैनिङ वाल’समेत लगाउनु पर्ने हुन्छ । भवन निर्माणका लागि स्थानीय राम तामाङले निःशुल्क रुपमा जग्गा उपलब्ध गराउनु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts