|

कोरोनाले नेपालमा थप ११ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, भदौ १६।
कोरोना भाइरसबाट देशभर मंगलबार थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो । डा. गौतमका अनुसार महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्सामा ३ जना र काठमाडौंमा २ जनाको मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसैबीच मंगलबार एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै संक्रमितको कुल संख्या ४० हजार ५२९ पुगेको छ । यस्तै मंगलबार ७६८ जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको संख्या २२ हजार १७८ रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts