कतारमा संक्रमितबाट बच्‍न मोबाइल एप

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ १५ । कतारमा घरबाहिर निस्किएको कोरोना भाइरस संक्रमितबारे जानकारी दिन मोबाइल एप प्रयोगमा ल्याइएको छ । ‘ऐतेराज एप’ को प्रयोगले भाइरस नियन्त्रणमा ठूलो मद्दत पुगेको कतारको दाबी छ । कतार सरकारका अनुसार भाइरस संक्रमित व्यक्ति स्वस्थ मानिस नजिक आए सतर्क रहन सन्देश दिन्ने गर्छ । एप डाउनलोड गरी आफ्नो स्वास्थ्य अवस्थाबारे विवरण अद्यावधिक गरेपछि यस्तो सन्देश आउने गर्छ । कोरोना भाइरस समुदायमा फैलिन नदिन यस्तो एप बनाइएको सरकारको भनाइ छ । एप कार्यान्वयनमा आएसँगै कतार हरेक दिन संक्रमितको संख्या घट्दो छ । कतारमा आइतबार १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजका अनुसार सबै आप्रवासी र नागरिकका लागि ऐतेराज एपको प्रयोग अनिवार्य गरिएको छ । ‘यो एप डाउनलोड गरेपछि चारथरीको बारकोड आउँछ । स्वाब लिइएको व्यक्तिबारे जानकारी दिन खैरो, पोजिटिभ भए रातो, आइसोलेसनमा बसेको भए पहेँलो र नेगेटिभ देखिएको भए हरियो रङको बारकोड मोबाइलमा आउँछ,’ । पोजिटिभ देखिएर ४३ दिनपछि निको भएका करिमबक्स मियाँले यो व्यवस्थाले आफूलाई मानसिक रूपमा दरिलो बनाएको बताए । (कान्तिपुरबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts