|

तीनवटा देशसँग हवाई सम्झौताको तयारी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं भदौ १४ । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
बैठकले भाद्र १६ देखि नियमिति उडान हुने हुदाँ वायु सेवा कम्पनीहरुले कोभिड१९ को महामारी पूर्व नियमति अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिनतर्फ सबै वायु सेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय गरेका छ ।
त्यस्तै नेपालीहरु स्वदेश फिर्ती लगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ समितिको सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रवन्धक सुुनिल शर्मा रहेका छन ।
समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएको छ ।
हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेका छ । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माइल स्टोनहरुलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts