आर्सनलले टाइब्रेकरमा जित्यो कम्युनिटी सिल्ड

अरुलाई पनि शेयर गरौ !

लन्डन,भदौ १४ — एफएकप विजेता आर्सनलले शनिबार लिभरपुललाई टाइब्रेकरमा ५–४ ले हराएर कम्युनिटी सिल्ड जितेको छ । आर्सनल कप्तान पिएरे एमरिक अबामेयाङले पेनाल्टीमा निर्णायक गोल गरे । लिभरपुलका तर्फबाट रियान ब्रेवास्टर गोल गर्न चुके । आर्सनलका तर्फबाट रेस नेल्सन, एन्सली मेटल्यान्ड, सेडरिक सोरेस र डेविड लुइजले पनि पेनाल्टीमा गोल गरे । यस्तै लिभरपलका लागि मोहम्मद सलाह,फाबिनो,ताकुमी मिनामिनो र कर्टिस जोन्सले गोल गरे । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेको थियो । आर्सनलले अबामेयाङको गोलले अग्रता लिएको थियो । उनले १२ औं मिनेटमा गरेको गोल उत्कृष्ट रह्यो । लिभरपुलका लागि जापानी खेलाडी मिनामिनोले ७३ औं मिनेटमा बराबरी गोल गरे । यो लिरभपुलका लागि उनको पहिलो गोल हो । सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेर उनले गोल गरेका हुन् । कम्युनिटी सिल्ड प्रिमियर लिग च्याम्पियन र एफएकप विजेताबीच हुने गर्छ् । यो खेलसँगै परम्परागत रूपमा इंग्लिस फुटबलको नयाँ सिजन सुरु हुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts