|

कोरोना शुन्य संक्रमित जिल्ला ताप्लेजुङमा क्वारेन्टिनमा रहने संख्या पनि शुन्य !

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १० । कोरोना शुन्य संक्रमित जिल्ला रहेको ताप्लेजुङबाट बुधवार अर्को खुसी थपिएको छ । कोरोना शुन्य संक्रमित जिल्ला यहाँ क्वारेन्टिन समेत पूरै खाली भएको छ । सोमवार स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको ५३ जनाकै परीक्षण रिर्पोट नेगेटिभ आएपछि अहिले फुङ्लिङ स्थित ताप्लेजुङ बाणिज्य संघमा क्वारेन्टिनमा सबैलाई घर पठाईएको छ । त्यहाँ २० जना क्वारेन्टिमा थिए । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले कोरोना शुन्य संक्रमित जिल्ला संगै क्वारेन्टिन समेत शुन्य बनेको प्रति खुसी प्रकट गर्नु भएको छ । अहिले भारतसहित तेस्रो मुलुकबाट आएका तथा जिल्ला अस्पतालले रेफर गरेर अन्यत्र उपचारपछि फर्किएका बाहेक कोरोना प्रभावित जिल्लाबाट आएका नागरिकलाई समेत फुङ्लिङस्थित ताप्लेजुङ बाणिज्य संघमा क्वारेन्टिनमा राखिन्छ । क्वारेन्टिनमा रहेकाहरुको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र उनीलाई आफ्नो घर जाने अनुमति दिने गरिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिनुभयो । मादेनले कोरोना शुन्य संक्रमित जिल्ला भएको लामो समय सम्म पनि स्वास्थ्य मन्त्रालयले ताप्लेजुङलाई संक्रमित सूचीमा राखेको प्रति आपत्ति प्रकट गर्नु भएको छ । ‘कोरोना संक्रमण शुन्य जिल्ला मात्र होईन,बुधवार त झन् क्वारेन्टिनमा रहेकाको संख्या समेत शुन्य बनेको छ’मादेनले भन्नुभयो । सोमवार क्वारेन्टिनमा रहेका,शंकास्पद र क्वारेन्टिन व्यवस्थापन,स्वास्थ्य क्षेत्र र रेखदेखमा खटिने जनशक्ति समेतको सदरमुकामबाट २६ र सिरिजङ्घा गाउँपालिकाबाट २७ गरी कूल ५३ जनाको स्वाब संकलन गरी परीक्षणका प्रादेशिक अस्पताल बिराटनगर पठाईएको थियो । ति सबैको रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टिन केन्द्र पूरै खाली भएको छ । यो सहित यहाँ अहिले सम्म ५ सय ५६ जनाको पीसीआर परीक्षणको नतिजा आई सकेको छ । पीसीआर परीक्षण गरिएका मध्ये ८ जनामा कोरोना संक्रमण देखा परेकोमा ८ जनाले नै कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts