भारतमा एकै परिवारका ५ जनालाई उनीहरूकै घरभित्र झुन्ड्याएर हत्या

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),भदौ ९ । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । त्यहाँको प्रहरीका अनुुसार परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचना पाएपछि जाँदा झुन्ड्याएर हत्या गरिएको अवस्थामा उनीहरू फेला परेका हुन् ।आइतबार राति घटना भएको प्रहरीले जनाएको छ । पोस्टमार्टका लागि सबै शव पठाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरू एकै घरका सदस्य रहेको जानकारी छिमेकीले दिएका छन् । तर हत्या कसले र के कारण गरेको हो भन्नेबारे केही खुल्न सकेको छैन । भारतीय प्रहरीका अनुसार ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरूको सहयोगमा घटना अनुसन्धान भइरेहकाले त्यसपछि मात्रै वास्तविक पत्ता लाग्ने छ । भारतीय राज्य मध्यप्रदेशको टीकामगर जिल्लामा घटना भएको बताइएको छ । आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको टीकामगरका एसपी प्रशान्त खेरले यहाँका स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । वैज्ञानिक रूपमा घटनाको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने उनले बताएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts