विष खुवाएको आशंका गरिएका रुसी विपक्षी नेता कोमामा

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ ५ । विष खुवाएको आशंका गरिएका रुसी विपक्षी नेता अलेक्सी नभाल्नी कोमामा पुग्नु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नी रुसको ओम्स्क सहरस्थित एक अस्पतालमा कोमामा रहेको र उहाँको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको चिकित्सकहरुले बताउनु भएको छ । ४४ वर्षीय नभाल्नी रुसी राष्ट्रपति पुटिनको विरोध गरेकोमा कैयौँ पटक जेल पर्नु भएका थियो । उहाँले भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाउनु भएको छ । उहाँ आन्तरिक उडानका क्रममा हवाई जहाजभित्रै बेहोस हुनु भएको थियो । त्यसपछि उहाँ सवार हवाई जहाजलाई आपतकालीन अवतरण गराएर अस्पताल लगिएको थियो । नभाल्नीका समर्थकहरुले नभाल्नीलाई चियामा मिसाएर विष खुवाइएको आशंका गरेका छन् । विमानस्थलको क्याफेमा उहाँलाई चियामा विष हालेर दिइएको उनीहरुको आशंका छ । यसैबीच जर्मनी र बेलायतले नभाल्नीको स्वास्थ्य र उनलाई विष खुवाइएको भन्ने समाचारप्रति चासो व्यक्त गरेका छन् । जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको उपचारमा सघाउने बताउनु भएको छ । नभाल्नीलाई लिन रुस जानका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाइएको छ । राष्ट्रपति पुटिनका प्रवक्ताले पनि नभाल्नीको शीघ्र स्वास्थ लाभको कामना गर्दै उहाँलाई विदेश लैजान अनुमति दिइने बताउनु भएको छ । यसैगरी बेलायतका विदेशमन्त्रीले नभाल्नीलाई विष खुवाइएको भन्ने समाचारले आफूलाई चिन्तित बनाएको बताउनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts