अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन ३२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिनु भएको हो । राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल जानु भएको थियो । एक बयान जारी गर्दै ट्रम्पले भन्नु भएको छ ,‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहने छ ।’७२ वर्षीय रोबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा हुनुहुन्थ्यो र उहाँ रियल स्टेटको कारोबारी रहनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts