साओमीका दुई स्मार्टफोन

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन २७ । साओमीले ‘रेडमी नोट ९ प्रो म्याक्स’ र ‘मी पावर बैंक २आई’ नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । ‘रेडमी नोट ९ प्रो म्याक्स’ मा औरा ब्यालेन्स डिजाइन, १६.९ सीएम (६.६७ इन्च) एफएचडी प्लस डट डिस्प्ले, जेड एक्जिस लिनियर भाइब्रेसन मोटर, क्वाल्कम स्न्यापड्रयागन ७२० जी तथा ८ एनएम चिपसेट, ५०२० एमएएच ब्याट्री, ३३ वाट फास्ट चार्जरलगायत विशेषता रहेको कम्पनीले जनाएको छ । ‘मी पावर बैंक २आई’ हलुका वजन र १४.२ एमएम स्लिम छ । ६ जीबीको ‘रेडमी नोट ९ प्रो म्याक्स’ को मूल्य ३१ हजार ९ सय ८८ र ८ जीबीको ३४ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । १० हजार एमएएचको ‘मी पावर बैंक २ आई’ को मूल्य १८ सय ९९ रुपैयाँ र २० हजार एमएएचको ३१ सय ९९ रुपैयाँ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts