ताप्लेजुङको तेल्लोकमा एक महिला मृत फेला,लडेर मरेको आशंका
ताप्लेजुङ,साउन २४ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ४ तेल्लोककी ४४ बर्षिया इश्वरी लिम्बू घर नजिकैको बाटो देखि करिव १५ मिटर तल मृत अवस्थामा भेटिनु भएको छ । स्थानीय बिरु लिम्बूकी श्रीमति उहाँ शुक्रवार दिउँसोतिर गाउँमा काम गर्न भनि जानु भएको थियो । साँझ सम्म पनि घर फर्कि नआए पछि खोजतलास गर्ने क्रममा घरबाट करिव १० मिटर पूर्व पर्ने बाटोभन्दा करिव १५ मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय तेल्लोकले उहाँको लडेर मृत्यु भएको आशंका गरेको छ । घटनाका बारेमा जानकारी पाउनासाथ इप्रका तेल्लोकका प्रहरी निरीक्षक अर्जुनकुमार पोखरेलको नेतृत्वमा प्रहरी टोली परिचालित भएको र घटनाको अनुसन्धान समेत सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।