भारतमा पछिल्लो २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना, ९०४ को मृत्यु

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन २२ । भारतमा पछिल्लो २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ सयभन्दा बढीको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५६ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ४ जनाको मृत्यु भएको छ । भारतमा जुलाई २८ यता दैनिक रुपमा ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा पछिल्ला १५ दिनमा कोरोना भाइरसको संक्रमण दर उच्च गतिमा बढिरहेको छ । संक्रमणका हिसाबले भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो । अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको छ भने कोरोनाबाट अहिलेसम ४० हजार ६ सय ९९ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् । भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा ४ लाख ६८ हजार २ सय ६५ जनामा संक्रमण देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १६ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ । त्यस्तै तमिलनाडुमा २ लाख ७३ हजार, आन्ध्र प्रदेशमा एक लाख ७६ हजार ३ सय ३३, कर्नाटकमा एक लाख ५० हजार र दिल्लीमा एक लाख ४० हजार २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts