| |

ताप्लेजुङमा करेन्ट लागेर जिप ड्राइभरको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन ११ । ताप्लेजुङमा आइतबार गुडिरहेको गाडीले बिजुलीको नाङ्गो तार छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । फुङलिङ नगरपालिकास्थित बहानन्दे–दोभान सडक खण्डअन्तर्गत दोभानबजार वारि करेन्ट लागेर मे १ च ३०११ नम्बरको जिपका चालक पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २७ वर्षीय विकास सुनुवारको मृत्यु भएको छ ।
मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारतर्फ जाँदै गरेको जिपका चालक सुनुवारको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रनाउ श्रेष्ठका अनुसार दोभानदेखि बहानन्देतर्फ आउँदै गरेको मे १ ख १८६५ नम्बरको ट्रकका चालक झापा, बिर्तामोड बस्ने ३५ वर्षीय अमृत श्रेष्ठ घाइते हुनुभएको छ ।
घाइते ट्रकका चालक श्रेष्ठलाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका लागि भर्ना गरिएको छ भने सव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । खाम्लुङको दोभान बजारमा सामान पु¥याएर ट्रक फर्कँदै गरेको र जिप सदरमुकाम फुङ्लिङबाट यात्रु बोकेर दोभानतर्फ जाँदै गरेको अवस्थामा ट्रकले ११ सय भोल्टेजको नाङ्गो तार छुन पुग्दा दिउँसो ३ः१५ बजेतिर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार करेन्ट लागेर घाइते भई ट्रकभित्रै ढलेका चालकलाई छुँदा जिपका चालक सुनुवारको मृत्यु भएको हो । घटनास्थलतर्फ प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा टोली गएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts