प्युठानमा ट्याक्टर दुर्घटना: सात जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

प्यूठान, साउन ४। गएराति प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो । साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको उहाँको भनाई छ । उहाँका अनुसार ट्याक्टरमा सवार एक जना भने बाच्न सफल भएका छन् । ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts