|

साढे ११ सय सवारी साधनलाई कारबाही

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन २ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक वर्ष २०७६÷७७ मा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५० वटा सवारीलाई कारबाही गरेको जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने चालकहरुलाई कारबाही गर्दा एक आर्थिक वर्षमा ६ लाख ९४ हजार ५०० रुपैयाँ राजस्व असुल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दीपक दुलालले जानकारी दिनुभयो । दुलालका अनुसार एक आर्थिक वर्षमा ८–८ वटा बस र अटो, ९८ वटा ट्रक, ३६५ वटा जिप र ५४१ वटा मोटरसाइकल चालक ट्राफिक नियम उल्लंघन गर्नेमा परेका छन् ।
कोभिड–१९ कारण सडकमा गत चैत ११ गतेबाट अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालनमा नआउँदा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ठूलो परिमाणमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गरेको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts