|

छोरीले गरिन् बाबुको किरिया

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन २ । ताप्लेजुङमा एक महिलाले आफ्नो बाबुको काज किरिया गर्नुभएको छ । जिल्लाको आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेकी कल्पना पालुङ्वा (आङ्बुहाङ) ले बाबुको किरिया गर्नुभएको हो ।
मृत्यु संस्कार अर्थात काज किरिया छोराले मात्र गर्नुपर्ने अन्धविश्वास र रुढीवादी मान्यता समाजमा अझै कायम रहेको छ । परम्परावादी पूरानो चलन रहे पनि बाबु इन्द्रबहादुर पालुङ्वा लिम्बूको ९० वर्षको उमेरमा निधन भएपछि छोरी कल्पनाले आफै काज किरिया गर्नुभएको हो । इन्द्रबहादुरका एकभाइ मात्र छोरा दलबहादुर पालुङ्वा आसाम पलायन भएपछि छोरी आफैं बाबुको किरिया बस्नुभएको स्थानीय सागर आङ्बुहाङले जानकारी दिनुभयो ।
आङ्बुहाङका अनुसार गाउँ समाजमा छोरा नभएमा बंशजका नाताभित्रका भाइ–भतिजाले काजकिरिया गर्ने चलन रहेको छ । समाजमा अझै त्यस्तो चलन रहे पनि आङ्बुहाङ थरसँग विवाह गर्नुभएकी छोरी कल्पनाले जन्म दिने बाबुको लिम्बूको संस्कारअनुसार किरिया गर्नुभएको हो । बाबुको दाहसंस्कारमा दागबत्ती पनि छोरीले नै दिनुभएको थियो । फुङ्लिङ नगरपालिका–७ दोखु किराँतचौक घर भएका पालुङ्वा परिवारमा कोही नभएपछि लामो समयदेखि चाँगेमा छोरीसँगै बस्दै आउनुभएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts