चन्द समूहका पूर्वी कमान्ड सैन्य इन्चार्ज मोरङबाट पक्राउ

अरुलाई पनि शेयर गरौ !

मोरङ,साउन १ — प्रहरीले प्रतिबन्धित चन्द समूहको पूर्वी कमाण्डर सैन्य इन्चार्ज हतियारसहित मंगलबार उर्लाबारीबाट पक्राउ गरेको छ । कालिकोटको फेनेली घर भई हाल मोरङको उर्लाबारी–३ मंगलबारे बस्दै आउनु भएका ४० वर्षीय जोखिम र नन्दकिशोर भन्ने नन्दबहादुर बोहोरालाई पक्राउ गरेको हो । १ नं प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले बोहोरालाई मंगलबारेस्थित उहाँकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनुभयो । उहाँको घरबाट कटुवा पेस्तोल १ थान, थ्री नट थ्री राइफलको गोली ३ थान, सकेट बम १ थान, इलेक्ट्रिक डेटोनेटर केवलसहित १ थान, लिथिएम ब्याट्री ४ थान, एनटीसीको सिम ७ थान, एनसेलको सिम २ थान, मोबाइललगायतका कागजपत्र बरामद भएको डीएसपीले राईले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts