विप्लव समूहका नेता ओमप्रकाश पुन पक्राउ

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असार ३१ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ पर्नु भएको हो । विप्लव समूह स्रोतले पुन पक्राउको पुष्टि गरेको छ । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले एक जना नेता पक्राउ परेको भन्नुभयो बिप्लव समूहले भने पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । केही अघि उहाँले सञ्चारकर्मीसंग अन्तरवार्ता दिँदै सरकारले पत्र पठाए वार्ताबाट नभाग्ने पनि बताउनु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts