बझाङमा पहिरोले १७ घर बगायो

अरुलाई पनि शेयर गरौ !

बझाङ,असार २० — शनिबार बिहान गएको पहिरोले बझाङमा १७ घर बगाएको छ । केदारस्युँ गाउँपालिका वडा नं ८, मल्लेसी गाउँमा पहिरोले घर बगाएको हो । पहिरोबाट ठूलो मानवीय क्षति भएको अनुमान छ । बिहान २ बजेतिर पहिरो गएको हो । पहिरो गएको गाउँमा प्रहरी सहितको उद्धार टोली बिहानै गएको भए पनि पुग्‍न सकेको छैन । मल्लेसी जाने बाटो खोलैखोला भएर जानु पर्ने र माथीबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको स्थानीय दीपक बोहराले बताउनुभयो । बोहराले ५ जनाको शव भेटिएको र २८ देखी ३० जना सम्म बेपत्ता रहेको अपुष्ट जानकारी आएको बताउनुभयो । उद्धार गर्न गएको प्रहरी टोलीले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डिएसपी गणेश बमले जानकारी दिनुभयो । यद्यपी त्यहाँ उद्धार टोली पुग्नका लागि अझै दुइ घण्टा भन्दा बढी लाग्‍न सक्ने उहाँले बताउनुभयो । (कान्तिपुर अनलाईनबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts