१० हजार भन्दा बढी नमुना परीक्षण, २२४ जनामा कोरोना संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन,१६ । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो ।
कहाँकहाँ थपिए संक्रमित ?
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५र१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३।३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २।२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप चारको मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतक सबै वीरगञ्जका हुन् । उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । नेपालमा संक्रमितको कुल संख्या भने १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts