एकैदिन स्वदेश फर्कने नेपाली १४५० जना
काठमाडौं, असार ८ । कारोना भाइरस (कोभिड–१९) संक्रमणको कारण उत्पन्न असहज परिस्थितिका कारण अप्ठ्यारोमा परेका एक शिशुसहित ११५० जना आइतबार नेपाल फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सेन्टरका अनुसार यूएईबाट ३३८ जना आएका छन् । उनीहरु दुई वटा फ्लाइटमा आएका हुन् । एउटा फ्लाइटमा १५३ जना र अर्को फ्लाइटमा १८५ जना आएका थिए ।
यस्तै बंगलादेशबाट २५० जना आएका छन् । यस्तै साउदी अरबबाट एक शिशुसहित २४७ जना, कुवेतबाट १६६ जना र कतारबाट १४९ जना स्वदेश फर्किएका छन् ।
यसैगरी यूएई र मलेसियाबाट १५०–१५० जना आउने क्रममा रहेको सीसीएमसीले जनाएको छ । उनीहरुलाई प्रदेशगत होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा लगिएको छ ।