तेल्लोकमा फागुन २९ गतेबाट २ लाख ५५ हजार रुपैयाँ राशीको अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबल हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २४ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आउँदो फागुन २९ गते देखि २ लाख ५५ हजार रुपैयाँ राशीको दोस्रो अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार भलिबलमा प्रथम हुनेले नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । द्धितीय हुनेले नगद १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र तथा सान्त्वना हुनेले ४४ हजार ४ सय ४४ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । प्रतियोगितामा उत्कृष्ट हुनेलाई ११ वटा बिधागत पुरस्कार समेत दिइने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार प्रतियोगिता अवधिको सर्बोत्कृष्ट खेलाडीले नगद १० हजार तथा फेयर प्ले हुने टिमले १० हजार रुपैंयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । यस्तै उत्कृष्ट डिफेण्डर,उत्कृष्ट स्पाईकर,उत्कृष्ट ब्लकर,उत्कृष्ट सर्भर,उत्कृष्ट लिफ्टर र उत्कृष्ट अलराउण्डर खेलाडीले नगद जनही २ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेल प्रशिक्षकले नगद ५ हजार,उदयीमान खेलाडीले नगद ३ हजार रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रत्येक खेलको म्यान अफ दी म्याच बन्नेले नगद १ हजार रुपैयाँ पुरस्कार स्वरुप पाउने भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts