|

फुङ्लिङमा उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पूरा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २० । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको आयोजनामा हुन लागेको प्रथम उपमेयर कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । फुङ्लिङ नगरपालिकाले शनिबार पत्रकार सम्मलेन गर्दै अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
फुङ्लिङ नगरपालिकास्थित भानजन माध्यमिक विद्यालयको खेल मैदानमा आइतबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको खेल संयोजक एवम् वडा ८ का वडाध्यक्ष क्षितिज सुनुवारले बनाउनुभयो । फुङ्लिङ नगरपालिकासहित जिल्लाका नौ मध्ये आठ स्थानीय तहको प्रतियोगितामा सहभागिता रहने पनि वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।
प्रतियोगितामा मैवाखोला गाउँपालिकाको सहभागिता नरहने भएको आयोजकले जनाएको छ । बाँकी आयोजकबाहेक सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा, आठराई त्रिबेणी, मेरिङ्देन, मिक्वाखोला, पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागी हुने पालिकाको टुंगो लागेअनुसार नै खेल तालिका तयार गरिएको जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङले जानकारी दिनुभयो ।
उपमेयर रनिङ कप महिला फुटबल अर्थात प्रतियोगिताको बिजेताले एकलाख ११ हजार रुपियाँ राशीको नगद पुरस्कार र ट्रफी पाउने छ । उपबिजेताका लागि भने ५५ हजार ५०० रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रतियोगितामा सहभागी खेलाडीलाई उत्कृष्टताका आधारमा विधागत पुरस्कार प्रदान गरिने पनि खेल संयोजक सुनुवारले जानकारी दिनुभयो ।
समग्र जिल्लामा खेल क्षेत्रको विकास गर्ने साथै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले बताउनुभयो । प्रतियोगिता फागुन २४ गते बुधबारसम्म सञ्चालन हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts