|

भीमकाली गुल्म र प्याब्सन ताप्लेजुङ बीच भएको मैत्रीपूर्ण भलिबल खेल जित्यो गुल्मले

ताप्लेजुङ,फागुन १३ । ताप्लेजुङ फुङलिङस्थित भीमकाली गुल्म र निजी तथा आवासीय बिद्यालयहरुको छाता संगठन(प्याब्सन) ताप्लेजुङबीच भएको मैत्रीपूर्ण भलिबल खेल भीमकालीले जितेको छ । तीन सेटको खेल भीमकालीले २–१ जितेको हो । उसले २५–१९,२२–२५ र २५–२३ ले प्याब्सनलाई पराजित ग¥यो । भीमकाली गुल्मका गुल्मपति सेनानी पवन नगरकोटीले मैत्रीपूर्ण यस्ता खेलहरुले आपसी सम्वन्ध सुद्रिढ पार्न सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा संस्थापक जिल्ला अध्यक्ष काजीमान पालुङ्वाले मैत्रीपूर्ण यस्ता प्रतियोगिता संस्थागत विकास र आपसी हितका लागि रचनात्मक हुने बताउनुभयो । प्याब्सनले गुल्मको खेलाडीटिमलाई एकथान भलिबल समेत प्रदान गरेको प्याब्सन ताप्लेजुङका सचिव तरुण भारतीले जानकारी दिनुभयो ।

Similar Posts