नागरिकलाई सुरक्षित छु भन्ने महशुष गराउने गरी कार्य गर्ने ताप्लेजुङ प्रहरी प्रमुखको प्रतिबद्धता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ४ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक(डिएसपी)राजन लिम्बूले नागरिकलाई सुरक्षित छु भन्ने महशुष गराउने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । प्रहरीले आम जनतामाझ सहकर्मी र सहयात्रीको रुपमा कार्य सम्पादन गर्ने बिश्वास दिलाउँदै डिएसपी लिम्बूले शान्ति सुरक्षाका सवालमा ‘कम्पोरमाईज’नगर्ने दावी गर्नुभयो ।
ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारी लिएर आउनु भएका डिएसपी लिम्बूले बिहीबार यहाँका सञ्चारकर्मीमाझ सामाजिक अपराध न्यूनीकरणका लागि आम नागरिकसंग सहकार्य गर्ने समेत बताउनुभयो । प्रहरीले नागरिकसंग सहयात्रीको रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा आफु प्रतिबद्ध रहेको बताउँदै लिम्बूले प्रहरीले कोहि कसैसंग दुव्र्यवहार नगर्ने बिश्वास दिलाउनुभयो । प्रहरीको सेवा बितरण चुस्त राख्ने तथा अशक्त,बृद्धबृद्धा र फरक क्षमता भएका नागरिकको बिशेष सम्मान गर्दै उनीहरुलाई सेवा बितरण थप सरलीकृत गर्ने योजनामा रहेको लिम्बूले बताउनुभयो ।
‘कुनै पनि नागरिकले प्रहरीबाट पाउनुपर्ने सेवाका लागि बिना झञ्झट प्रवेश पाउने र सम्वन्धित फाँटबाट सहज सेवा लिएर फर्कन सक्ने वातावरण बनाउँछु’उहाँले भन्नुभयो । प्रहरीको कार्य पारदर्शी र सेवाग्राहीमैत्री हुने उहाँको जोड थियो ।
प्रहरी पोशाकमा र आम नागरिकको सहज पहुँच हुने क्षेत्रमा बसेर खुलेआम मादक पदार्थ सेवन गर्ने अधिकार प्रहरीमा नरहेको बताउँदै उहाँले मातहतका प्रहरी कर्मचारीलाई यो बिषयमा निर्देशन समेत दिईसकेको जानकारी गराउनुभयो । साँघुरो बजार,द्रुत गतिको सवारी र अव्यवस्थित पार्किङ समस्याको रुपमा औंल्याउँदै उहाँले यसको व्यवस्थापनको सुरुआतका लागि आफ्नो नजर पुगिसकेको सुनाउनुभयो । सुरक्षाका लागि गस्ती बढाउने,अवाञ्छित गतिविधि भएको सूचना पाए लगत्तै थप क्षति हुन नदिने गरी जोखिम नियन्त्रणमा चाँडो भन्दा चाँडो प्रहरी शक्ति पु¥याउने डिएसपी लिम्बूको थप प्रतिबद्धता थियो ।
लागु औषध दुव्र्यसन बिरुद्ध जागरण र प्रतिकार्य दुबै योजना एकसाथ अघि बढाउने योजना सुनाउँदै उहाँले समग्र जिल्लाको सुरक्षा व्यवस्था सुद्रिढ बनाउन कार्यालयका प्रहरी निरीक्षक सहित मातहतका प्रहरी कर्मचारीलाई निर्देशन पनि दिनु भएको छ । ट्राफिक समस्या ससमाधानका लागि स्थानीय सरोकारवालासंग समन्वयको प्रकृया सुरु गर्ने उहाँले बताउनुभयो । शान्ति सुरक्षा सबैको चासो र सम्बेदनशिलताको बिषय भएको भन्दै उनले सञ्चारकर्मीमार्फत प्रहरी–नागरिक सहकार्यका लागि अपिल समेत गर्नु भएको छ । यसअघि कार्यरत डिएसपी कैलाश राईको सर्लाही जिल्ला प्रहरी कार्यालय सरुवा भएपछि लिम्बू ताप्लेजुङको प्रहरी प्रमुख भएर आउनु भएको हो । उहाँ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts