ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण

अरुलाई पनि शेयर गरौ !

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ५४ वर्षीय ओब्रियन अहिले सेल्फ आइसोलेसनमा बसेको र घरबाटै काम गरिरहेको बताइएको छ ।
ओब्रियनलाई कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको र उनीबाट राष्ट्रपति ट्रम्प वा उपराष्ट्रपति माइक पेन्सलाई सर्ने कुनै जोखिम नरहेको ह्वाइट हाउसले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओब्रियन ह्वाइट हाउसमा कोरोन संक्रमण पुष्टि हुने सबैभन्दा उच्च पदस्थ अधिकारी हुन् ।
अहिलेसम्म उनको अन्तिमपटक कहिले राष्ट्रपतिसँग भेटेका थिए भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन । तर, उनीहरुको बीचमा अन्तिमपटक दुई साताअघि भेट भएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts