फुङलिङका एक व्यवसायीद्धारा बालमन्दिरका बिद्यार्थीलाई ५० हजार मूल्य बराबरको झोला प्रदान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १ । ताप्लेजुङको फुङलिङका एक व्यवसायीले सदरमुकामस्थित बाल मन्दिर आधारभूत बिद्यालयका सुस्त श्रवण र शारिरिक रुपमा अशक्त ६० जना बालबालिकालाई बिद्यालय झोला प्रदान गर्नु भएको छ ।

ताप्लेजुङ उद्योग बाणिज्य संघका तृतिय उपाध्यक्ष समेत रहनु भएका व्यवसायी दुर्गाप्रसाद पौडेलले ५० हजार मूल्य बराबरको बिद्यालय झोला प्रदान गरेको जनाउनु भएको छ । बिद्यालय आउँदा जाँदा बिद्यार्थीको पाठ्यसामग्री सुरक्षित होस् भनेर आफुमा सहयोग भाव पलाएको पौडेलले जानकारी दिनुभयो ।

निजी तथा आवासीय बिद्यालयमा बिद्यालय झोला अनिवार्य भएको र आफुले सामुदायिक बिद्यालयका सुस्त श्रवण र शारिरिक रुपमा अशक्त बिद्यार्थीहरुका लागि केहि योगदान होस् भन्ने मनशायले सहयोग गरेको पौडेलले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts