वृक्षरोपण पछि यसको संरक्षण र जर्गेनामा समेत उत्तिकै सकृयता देखाउनु पर्छ ः सरोकारवाला

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २४ । वृक्षरोपण पछि यसको संरक्षण र जर्गेनामा समेत उत्तिकै सकृयता देखाउनुपर्ने औंल्याईएको छ ।
सामुदायिक वन दिवसका अवसरमा मंगलवार ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित तोक्मेडाँडा सामुदायिक वन क्षेत्रमा वृक्षरोपण पछि आयोजित अन्र्तक्रियाका बक्ताहरुले यस्तो औंल्याउनु भएको हो । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले वृक्षरोपणलाइ अभियानको रुपमा सञ्चालन गरिने तर यसको संरक्षण उचित ढंगले नहुने हो भने अभियानको सार्थकतामाथि प्रश्न उठ्ने बताउनुभयो । फुङलिङ नगरप्रमुख अमिर मादेनले वृक्षरोपणको समय जत्तिकै संरक्षण र जर्गेनामा ध्यान दिने हो भने वृक्षरोपणको सान्र्दभिकता पुष्टी हुने बताउनुभयो ।
निमित्त डिभिजन वन प्रमुख वीरेन्द्रप्रसाद शाहले वन क्षेत्रलाई सामाजिक,वातावरणीय र आर्थिक तीन खण्डमा बिभाजन गरी संरक्षण गर्नु अनिवार्य रहेको बताउनुभयो । वन क्षेत्रको संरक्षण र जर्गेनामा समुदायका सदस्यको भूमिका बलियो हुने उहाँको तर्क रहेको थियो । सामाजिक हिसावले आदिवासी जनजाति समुदायको पहुँच स्थापित हुने,वातारणीय हिसावले भावी पिढीं सम्मले वन क्षेत्रको सदुपयोग गर्न पाउने हक सुनिचित हुने र आर्थिक हिसावले वन क्षेत्रको लाभाँसमा सामुदायिक वनका उपभोक्ताको अधिकार सुनिश्चित गर्ने प्रकृयाले नेपालको वन र सामुदायिक वन उपभोक्ताकर्मीहरुबीच अन्योन्याश्रित सम्वन्ध रहेको उहाँको भनाई थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघका अध्यक्ष सुरज ओझाले वन क्षेत्रको व्यवस्थापनमा सरकारी निकायले गर्ने प्राविधिक सहयोग र सामुदायिक वन उपभोक्ता सदस्यहरुले गर्ने योगदानको उचित मिश्रणबाट वन क्षेत्रको संरक्षण र संवद्र्धनमा योगदान पुग्ने विश्वास लिनुभयो । उहाँले वृक्षरोपण जस्तै उत्साह वन क्षेत्रको संरक्षण र जर्गेनामा समेत जगाउन सबै पक्षबीच आपसी सहकार्य र समन्वयको आवश्यता समेत औंल्याउनुभयो । समुदायको सकारात्मक सहभागिता बेगर वन क्षेत्रको संरक्षण सम्भव नहुने बक्ताहरुले दावी गरेका छन् । नेपालमा बिक्रम् सम्वत २०३० सालबाट सामुदायिक वन क्षेत्रका कियाकलाप अघि बढेको पाइन्छ ।
सिन्धुपाञ्लोकको ठोकरप्पा सामुदायिक वन क्षेत्रबाट सामुदायिक वन विकासको अवधारणा अघि बढेपनि २०४७ साल पछि भने औपचारिक रुपमा सामुदायिक वनको अवधारणा अनुसारको क्रियाकलाप संस्थागत भएको पाइएको छ । डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले सामुदायिक वन दिवसको अवसरमा वृक्षरोपण तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख(डिएसपी) कैलाश राई,सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति (सशस्त्र डिएसपी) बिनोद थापा,सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद ओझा,स्थानीय जनप्रतिनिधिहरु,सामुदायिक वन उपभोक्ता महासंघ र वन समूहका अगुवाहरु,लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका शिक्षक तथा बिद्यार्थीको उपस्थिति रहेको थियो ।