ताप्लेजुङको सान्थाक्राको आगलागीमा करिव एक करोड साठी लाख बराबरको क्षति

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन २ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा भएको आगलागीमा करिव १ करोड ६० लाख रुपैंया बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क संकलन भएको छ ।

मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीका अनुसार आगलागीबाट १ करोड ५९ लाख लाख ६० हजार ४ सय रुपैंया बराबरको क्षति भएको प्रारम्भिक बिवरण संकलन भएको छ । बिपद् पीडित परिवारको अस्थायी बसोबासको प्रवन्धका लागि मेरिङ्देन गाउँपालिकाले त्रिपाल,म्याट्रेस,ओढ्ने ओछ्याउने लगायतका सामग्री उपलब्ध गराएको पालिकाले जनाएको छ । यस्तै रेडक्रस सोसाईटी दोभान शाखा र मेरिङदेन गाउँपालिका वडा नं ३ दोभान बजारका व्यवसायी तथा स्थानीयहरुबाट समेत खाद्यान्न,त्रिपाल,म्याट्रेस लगायका सामग्री प्रदान भएको गाउँपालिकाले आफ्नो आधिकारिक फेसबुकपेजमार्फत जानकारी दिएको छ ।

सोमवार बिहान पौने तीन बजेतिर मेरिङ्देन गाउँपालिका वडा नं २ खाम्साक्पाको रेजुङ शेर्पाको १७ जनाको परिवार रहेको घरमा बिद्युत सर्ट भइ सुरु भएको आगोले ५ वटा घर पूर्ण रुपमा क्षति भएको गाउँपालिकाले जनाएको छ । यस्तै ति घरहरुमा रहेका नेपाल शेर्पासंघको मेरिङदेन गाउँपालिकाको कार्यालय,नेपाल शेर्पा संघ वडा नं २ को कार्यालय,खाम्साक्पा सेवा समाजको कार्यालय,ञ्युङजेन समितिको कार्यालय,नेपाली काँग्रेस वडा नं २ को कार्यालय र साङ्गा छ्योलिङ गुम्बा समेतको गरी उक्त क्षति भएको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts