|

मध्य तमोरद्धारा जुलाई २०२३ भित्रमा ७३ मेगावाट क्षमताको बिद्युत उत्पादन गर्ने लक्ष्य सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३२ । ‘टनेल ब्रेक थ्रु’गरेर उत्साहित बनेको ताप्लेजुङस्थित ७३ मेगावाट क्षमताको मध्य तमोर जलबिद्युत आयोजनाले जुलाइ २०२३ भित्रमा आयोजनाबाट बिद्युत उत्पादन सुरु गर्ने बताएको छ ।

टनेल ब्रेक थ्रु भएको अवसर पारेर आयोजनाले प्रेश विज्ञप्ति जारी गर्दै आयोजनाका आवासीय ईञ्जिनियर डाक्टर सुनिलकुमार लामाले आयोजनाको ७० प्रतिशत बढी निर्माणका कार्यहरुको भौतिक प्रगति भएको जानकारी दिनुभयो । आयोजनाको सिभिलतर्फको निर्माण कार्य ९ मार्च २०१९ बाट सुरु भएको थियो । मुख्य सिभिल ठेकेदारको काम चच्याचङ फस्ट हाइड्रो तथा पावर कन्ट्रक्सन ग्रुप कम्पनीले गरेको आयोजना प्रवन्धक मणिराज पोखेरेलले जानकारी दिनुभयो । आयोजनाको इलेक्ट्रो मेकानिकलको काम भने सि.डब्लु टि डब्लु,हाइड्रो मेकानिकलको काम माछापुछ्रे मेटल तथा मेसिनरी वर्क प्रालि र बिद्युत प्रसारण लाइन निर्माणको कार्य कस्मिक इलेक्ट्रिकल एण्ड ईञ्जिनियरिङ प्रालिले गरिरहेको आयोजनाले जनाएको छ । शुक्रबार राति साढे १० बजे ६.५ मिटर चौडाई तथा उचाइ भएको ३ हजार ३ सय ७० मिटर लामो मुख्य सुरुङ छेड्ने कार्य पूरा भएपछि सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले यसलाइ ‘टनेल ब्रेक थ्रु’भनेको छ ।

आयोजनामा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको अगुवाईमा ८ वटा बैंकहरुको ऋण लगानी रहेको छ । आयोजनाको डिडाईन तथा सुपरीवेक्षणको कार्य परार्मशदाता कम्पनी सानिमा हाईड्रो एण्ड ईञ्जिनियरिङ प्रालिले गरिरहेको छ । आयोजनाबाट उत्पादन भएको बिद्युत आयोजनाको स्वीचयार्ड देखि करिव १२ किलोमिटर लामो २२० केभीए क्षमताको प्रसारण लाइनमार्फत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण भइरहेको नेपाल बिद्युत प्राधिकरणको ढुङगेसाँघु सव–स्टेशनमा पु¥याई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाको तयारी छ । कोशी करिडोर नामले परिचित ढुङगेसाँघु सव–स्टेशनको काम पनि तीव्र गतिमा भइरहेकोले आयोजनाले लक्ष्य अनुसार उत्पादित बिद्युत सो सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कुनै समस्या नहुने देखेको छ । सुरुमा ५४ मेगावाट क्षमता बराबर विद्युत उत्पादन गर्नेगरी सुरु गरिएको आयोजनाको मुहान् स्थल (हेडवक्र्स) केही परिवर्तन गरेसँगै उत्पादन क्षमता बढ्ने बढेर ७३ मेघावाट पुगेको हो । सुरुमा मापन गरिएको क्षमताअनुसार निर्माण प्रक्रिया अघि बढाएकोमा पछि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि आयोजनाको हेडवक्र्स परिवर्तन गरिएसँगै ५४ बाट १९ मेगावाट बढ्न गई कुल ७३ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेगरी निर्माण कार्य भइरहेको छ ।

फोटो ः टनेल ब्रेक थु भएपछि सुरुङ प्रवेशद्धार क्षेत्रमै एकआपसमा खुसी साट्दै आयोजनाको टिम ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts