पाथीभरा बहुमुखी क्याम्पसमा प्राध्यापक संघ र कर्मचारी संघमा निर्विरोध नयाँ नेतृत्व चयन

ताप्लेजुङ,असार २८ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा मंगलवार पब्लिक क्याम्पस प्राध्यापक संघ र कर्मचारी संघमा निर्विरोध नेतृत्व चयन भएको छ ।

बेधनिधि पौडेल सभापति रहेको ९ सदस्यीय प्राध्यापक संघ चयन भएको हो । संघको उपसभापतिमा भीम कार्की,सचिवमा मानसिंह राई र कोषाध्यक्षमा मुना केदेम रहनु भएको छ । संघमा दालु शेर्पा,उमेश अधिकारी,टीकाराम दाहाल,प्रेमकुमार गुरुङ र नवराज आचार्य सदस्य रहनु भएको पाथीभरा बहुमुखी क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

यस्तै राधिका लिङदेन अध्यक्ष रहेको कर्मचारी संघको सचिवमा किरण पौडेल र कोषाध्यक्षमा रोशन श्रेष्ठ रहनु भएको छ । पूर्ण आचार्य र कुमार राई कर्मचारी संघको सदस्य चयन हुनुभएको क्याम्पस प्रशासनले जनाएको छ ।

Similar Posts