मैवाखोला गाउँ कार्यपालिकामा गठबन्धनलाइ सुबिधाजनक बहुमत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १५ । ताप्लेजुङको मैवाखोला गाउँ कार्यपालिकामा गठबन्धन पक्षको सुबिधाजनक बहुमत पुगेको छ । १४ सदस्यीय कार्यपालिकामा एमालेका १ जना वडाध्यक्षले मात्र प्रतिनिधित्व गर्नेछन् ।

निर्वाचित महिला सदस्य भित्रबाट ४ र दलित वा अल्पसंख्यकमध्येबाट कार्यपालिकामा जाने २ गरी ६ जना कार्यपालिका सदस्य नै गठबन्धन पक्षका निर्विरोध निर्वाचित भएसंगै कार्यपालिकामा गठबन्धन पक्षको बर्चश्व कायम भएको हो । निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ४ जनामा नेपाली काँग्रेसका सुनिता फागो र नरकुमारी लिम्बू,नेकपा माओवादी केन्द्रका बिनु लिम्बू र नेकपा एसका तुलसा बराइली निर्विरोध चयन भएका छन् ।

यस्तै दलित वा अल्पसंख्यकमध्येबाट कार्यपालिकामा जाने २ जनामा काँग्रेसका पासाङ ग्याबु शेर्पा र माओवादी केन्द्रका रीता शेर्पा चयन भएका छन् । यो संगै मैवाखोला गाउँ कार्यपालिकामा अध्यक्ष सहित माओवादी केन्द्रका ५,काँग्रेसका उपाध्यक्ष सहित ६,नेकपा एसका १ वडाध्यक्ष सहित २ र एमालेका १ वडाध्यक्षले कार्यपालिकामा प्रतिनिधित्व गर्नेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts