एमाले सचिव भट्टराईद्धारा स्वस्थ्य र मर्यादित प्रतिश्पर्धाका लागि आवहान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २७ । नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले स्वस्थ्य र मर्यादित प्रतिश्पर्धाका लागि सबै राजनीतिक दल र उम्मेदवारहरुलाइ आवहन गर्नु भएको छ ।

उहाँले एमालेले गरेका रचनात्मक कार्यको बिरासतका कारण यसपटकको स्थानीय तहको निर्वाचनमा गठबन्धन पक्षलाइ सहजै पराजित गर्ने दावी समेत गर्नुभयो । सोमवार बिहान प्रेश चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेता भट्टराईले हिजोका तितामिठा बिर्सिएर पार्टी जिताउने महान अभियानमा लाग्न जिल्ला नेता तथा कार्यकर्ताहरुलाइ आग्रह गर्नुभयो । एमालेले सरकारका रहँदा प्रतिकुल परिस्थतिलाइ सहज बनाउन खेलेको भूमिका र गरेका रचनात्मक कामका कारण एमालेप्रति जनतामा रहेको आर्कषण र पछिल्ला दिनहरुमा भइरहेको पार्टी प्रवेशको उत्साहले एमाले बलियो शक्तिको रुपमा स्थापित भइसकेको भट्टराईको भनाइ थियो । दक्षिणतिरमात्रै आश्रित रहेको पारवहन र अन्तराष्ट्रिय सम्वन्धलाइ उत्तरतिर केन्द्रित गरी चीन र भारतसंगको सम्वन्ध अझ बलियो बनाउन एमालेले खेलेको भूमिकाले स्मरणयोग्य रहेको उहाँले दावी गर्नुभयो ।

विकासमा देखिएको परम्परागत मान्यतालाइ तोडेर एमालेले आधुनिक युगको जग बसाउन आधार तयार गरेको भन्दै उहाँले एमालेले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार गर्न अझै दायित्व लिनुपर्ने अवस्था आएको बताउनुभयो । रेलमार्ग र सुरुङमार्ग जस्ता आधुनिक विकासको अवधारणा एमालेकै रहेको उनले बताउनुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले एमालेले नेता कार्यकर्ताको उत्साहले लोभलाग्दो रहेको भन्दै यसले शुभ संकेत गरिसकेको बताउनुभयो । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाले पार्टी संगठन संगठित भइरहेको लागि रहेको र गठबन्धन शक्ति बीच देखिएको खटपटी र आन्तरिक द्धन्दले गठबन्धन शक्ति कमजोर भइसकेको आरोप लगाउनुभयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष भूपेन्द्र थेबे,पूर्व सांसद ओमप्रसाद ओझा,एमाले जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा,फुङ्लिङ नगरपालिकाका मेयर पदका उम्मेदवार छत्रपति प्याकुरेल,युवा संघका नेता क्षितिज थेबे लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts