ताप्लेजुङ साक्षर जिल्ला घोषित,१५ देखि ६० बर्ष उमेर समूहका करिव ९७ प्रतिशत जनसंख्या साक्षर

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २३ । ताप्लेजुङलाइ बुधवार साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश १ सरकारका उद्योग,श्रम तथा रोजगारमन्त्री प्रताप्रकाश हाङ्गामले ताप्लेजुङलाइ साक्षर जिल्ला घोषणा गर्नु भएको थियो । यसअघि साक्षरता अभियान जिल्ला समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले साक्षर नेपाल बर्ष २०७६ को अवधारणापत्र अनुसारका प्रकृया र प्रावधान पूरा भएकोले ताप्लेजुङलाइ साक्षर जिल्ला घोषणा गर्न प्रस्ताव गर्नु भएको थियो ।

साक्षर नेपाल बर्ष २०७६ को अवधारणा अनुसार कुनै स्थानीय तह वा जिल्लामा बसोबास गर्ने १५ बर्ष र सो भन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर पालिका÷जिल्ला घोषणा गर्न सकिने छ । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख एवम् साक्षरता अभियान जिल्ला समन्वय समितिका सदस्य सचिव योगेश्वर भट्टराईका अनुसार यहाँ १५ बर्ष र सो भन्दा माथिको उमेर समूहका ९६.४५ प्रतिशत जनसंख्या साक्षर भएका छन् । उहाँका अनुसार यहाँ १५ देखि ६० बर्ष उमेर समूहको जनसंख्या १ लाख २ हजार ३ सय १९ रहेको छ । त्यसमध्ये ९८ हजार ५ सय १४ जना साक्षर भएका छन् । यो समूहका ३ हजार ७ सय २२ जना अझै साक्षर हुन बाँकी रहेको र उनीहरुलाइ अबको बर्षदिन भित्र साक्षर बनाउन अभियान चलाइने साक्षरता अभियान जिल्ला समन्वय समितिले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भट्टराईका अनुसार फक्ताङ्लुङ गाउँपालिकामा १५ देखि ६० बर्ष उमेर समूहको जनसंख्या ११ हजार ४ सय ५२ रहेकोमा १० हजार ९ सय २८ जना साक्षर भएका छन् । त्यहाँ ५ सय २४ जना अझै साक्षर हुन बाँकी रहेको छ । यस्तै सिरिजङ्गा गाउँपालिकामा यो समूहका १० हजार २ सय ३२ जनसंख्यामध्ये ९ हजार ९ सय ६१ जना साक्षर भइ २ सय ७१ जना निरक्षर रहेका छन् । आठराइ त्रिबेणी गाउँपालिकामा यो समूहका ७ हजार ९ सय ५६ जनसंख्या रहेकोमा ७ हजार ६ सय २९ जना साक्षर र ३ सय २७ जना निरक्षर रहेका छन् ।

मैवाखोला गाउँपालिकामा उक्त समूहका १२ हजार ८९ जनसंख्यामध्ये ११ हजार ५ सय ५६ जना साक्षर भएका छन् । त्यहाँ ६ सय ३० जना निरक्षर रहेको पालिकाको तथ्याङ्क अनुसार देखिएको भट्टराईले बताउनुभयो । यस्तै मिक्वाखोला गाउँपालिकामा उक्त समूहका ५ हजार ९ सय ६१ जानसंख्यामध्ये ५ हजार ७ सय ४९ जना साक्षर भइ २ सय १२ जना निरक्षर रहेको तथ्याङ्क रहेको छ । पाथीभरा याङ्वरकमा १५ देखि ६० बर्ष उमेर समूहका १२ हजार २ सय ८७ जनसंख्यामध्ये ११ हजार ९ सय ६१ जना साक्षर भइ ३ सय २६ जना निरक्षर देखिएका छन् । मेरिङ्देन गाउँपालिकामा उक्त समूहका ८ हजार ३ सय ४९ जनसंख्या रहेकोमा ८ हजार ३ सय ९२ जना साक्षर भइ ४ सय ५ जना निरक्षर रहेका छन् । यस्तै सिदिङ्वा गाउँपालिकामा १५ देखि ६० बर्ष उमेर समूहका ८ हजार २ सय ११ जनसंख्या रहेकोमा ७ हजार ८ सय ५ जना साक्षर भइ ४ सय ६ जना अझै निरक्षर देखिएका छन् । यो समूहका निरक्षरलाइ साक्षरताको अभियानमा सामेल गराउन तथा यो उमेर समूहका बाँकी निरक्षरहरुलाइ समेत साक्षर बनाउने अभिभारा पूरा गर्नु अबको दायित्व रहेको कार्यक्रमका प्रमुख अथिति एवम् प्रदेशका मन्त्री हाङ्गामले बताउनुभयो ।

कार्यक्रममा पूर्व राज्यमन्त्री मणि लामा,प्रदेशसभाका सांसदद्धय बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ,मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँवा,फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल,पाथीभरा याङ्वरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ,मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे,आठराइ त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल भट्टराई,फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल,सुरक्षा निकायका प्रमुखहरु,राजनीतिक दलका अगुवा,बिभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा अधिकृतहरु,बिभिन्न पालिकाका वडाध्यक्ष सहितका जनप्रतिनिधिहरु,नेपाल शिक्षक महासंघ,जिल्ला प्याब्सन सहित पेशागत संघसंगठनका प्रतिनिधिहरु,नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
बक्तृत्वकलामा बिजु हुनुभयो प्रथम
‘साक्षर नेपाल,समृद्धिको आधार‘शीर्षकमा पालिकास्तरीय अन्तरमावि बक्तृत्कला प्रतियोगितामा फुङ्लिङस्थित भानुजन माविकी बिजु राई प्रथम हुनु भएको छ । यस्तै फक्ताङलुङ गाउँपालिका स्थित सिँवा माविकी जानुका लामगादे द्धितिय हुँदा पाथीभरा याङ्वरक गाउँपालिकास्थित थेचम्बु माविका सौगात बिष्ट तृतीय हुनुभयो । प्रथम हुनेले नगद ८ हजार,द्धितिय हुनेले ७ हजार र तृतिय हुनेले नगद ६ हजार रुपंैंयाका साथ प्रमाणपत्र पाए । ९ स्थानीय तहमध्ये सिदिङ्वा र सिरिजङ्घा गाउँपालिका बाहेक बक्तृत्वकला प्रतियोगितामा सहभागी अन्य ४ पालिकाका सहभागी बिद्यार्थीलाइ समेत प्रोत्साहन स्वरुप नगद तथा प्रशंसापत्र दिइएको थियो । बक्तृत्वकलाका लागि निमित्त जिल्ला समन्वय अधिकारी मुक्तिनाथ सुबेदी,जिल्ला सहन्यायधिबक्ता पुष्पराज बाँस्तोला र नापी अधिकृत विज्ञान बञ्जरा रहेको निर्णायक समिति बनेको थियो ।
पालिका र सामुदायिक सिकाइ केन्द्रले पाए प्रमाणपत्र
साक्षर जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यहाँका सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाइ प्रशंसापत्र प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख भट्टराईका अनुसार ताप्लेजुङका १७ वटा सामुदायिक सिकाई केन्द्र रहेका छन् ।

कार्यक्रममा बिभिन्न जातिय झाँकी प्रस्तुत गरिएको थियो भने बिभिन्न बिद्यालयले अप्रतियोगी नृत्य समेत प्रस्तुत गरेका थिए । उद्घाटन समारोह अघि जातिय झाँकी सहित नगरपरिक्रमा गरेर जिल्ला समन्वय समितिको प्रांगणमा घोषणा समारोह भएका थियो ।

सिक्कुमलाइ सम्मान
मोरङको याङ्शिलामा प्रतिश्पर्धात्मक अभ्यास शिक्षणमा एनसिसीको तालिमम सहभागी भइ ११ जिजल्लाका ५ सय ३४ बिद्यार्थी माझ पहिलो प्रथम हुने सक्कुम इवासाम लिम्बूलाइ सम्मान गरिएको थियो ।

राष्ट्रिय सेवा दल एनसिसीको ४७ औं व्याचको प्रदेश १ का ११ जिल्लाका १५ वटा माध्यमिक बिद्यालय सहभागी प्रतिश्पर्धात्मक अभ्यास शिक्षणमा ताप्लेजुङको लिटलबुद्ध इङलिस बोर्डिङ पहिलो भएको छ भने सिक्कुमले ५ सय ३४ जनाको कमाण्डरको जिम्मेवारी पाउनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts